Saturday, February 13, 2010

अदालतबाहिर तनाव

कडा सुरक्षाका बीच अदालतमा ल्याइएका वीरेनले क्याप लगाएर आधा अनुहार छोपेका थिए भने मेरिनाको सम्पूर्ण शरीर प्रहरीले कालो कपडाले ढाकिदिएको थियो । उनलाई ढाकेको कालो कपडा इजलासमा लगेर मात्र खोलिएको थियो । मेरिना र वीरेनलाई अदालत ल्याउने थाहा पाएपछि ख्यातिका सर्मथकहरूले १० बजेदेखि अदालत घेरेका थिए । उनीहरू दिनभर अदालत परिसरमा नारा-जुलुस गरेर बसे ।





अदालतमा बाहिरी भीडको हस्तक्षेप हुने डरले दुई सयभन्दा बढी प्रहरीले सुरक्षा दिएका थिए । सुरक्षाका बीचमा पनि अदालत परिसरमा पसेको भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो । त्यसक्रममा भएको झडपमा केही पत्रकारसमेत घाइते भए भने प्रदर्शनकारीले हानेको ढुंगा लागेर पाँच प्रहरी घाइते भएका छन् ।



No comments:

Post a Comment