चितवन, ४ मंसिर
जग्गाको कारोबार गर्दै आएका पाँच व्यक्तिलाई अपहरण गरी करोडौँ फिरौती असुल्ने अपहरणकारीको योजना विफल भएको छ । बुधबार चितवनमा जग्गाको कारोबार गर्दै आएका दुईजना अपहरणमा परे पनि एकजना बीचबाटै भाग्न सफल भएका छन् । उनैको सहयोगमा एक अपहरणकारीलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।
चारजनाको समूहमा रहेका अपहरणकारीले बुधबार चितवन, भरतपुरनिवासी धनबहादुर केसी र हरि वस्तीलाई अपहरण गरेका थिए । जग्गा किन्ने ग्राहक बनेर आएका उनीहरूले केसी र वस्तीलाई भरतपुर नपा- १० बाट कारमा राखी नवलपरासीको गैँडाकोट पुर्याएका थिए । गैँडाकोट क्रस हुनासाथ अपहरणकारीले केसीलाई फिल्मी शैलीमा टाउकामा पेस्तोल तेस्याई जनही दुई करोड रुपैयाँ फिरौती मागेका थिए ।
लगत्तै अपहरित वस्ती कारबाट हामफालेर भाग्दै कावासोती प्रहरीकहाँ पुगेका थिए । घटनालगत्तै सादा पोसाकमा खटिएका प्रहरी फिरौती रकम दिने नाटक गर्दै अपहरणकारीमध्ये एक देवीबहादुर कँडेललाई कावासोती बजारबाट पक्रन सफल भएका थिए । अपहरणकारीले बा ५ च ५१८५ नम्बरको नीलो रंगको कार प्रयोग गरेका थिए ।
अपहरणमा संलग्न कँडेल पक्राउ परे पनि विकास लामा, थर नखुलेका राजु र मनोज अझै फरार छन् ।
केसीका अनुसार अपहरणकारी बिहान साढे १० बजे भरतपुर- १० स्थित उनको निवास पुगेका उनीहरूले भद्र शैलीमा 'जग्गा किन्नु छ' भनी कारमा राखेर अपहरण गरेका थिए । बसपार्कनजिकको र भनपा- ११ को जग्गा देखाएको तर भाउ नमिलेपछि उनीहरूलाई गैँडाकोटको जग्गा देखाउन लगिएको केसीले बताए । 'तर, हेर्ने भनेको जग्गा कटिसकेपछि उनीहरूले कन्चटमा पेस्तोल तेस्र्याई तिमी हाम्रो कब्जामा छौ, चुप लाग भनी जंगलतिर लगे । त्यति नै बेला वस्ती कारबाट हामफाले,' केसीले बताए ।
प्रहरीका अनुसार जग्गाका कारोबारी पाँचजनालाई अपहरण गरी कम्तीमा दुई-दुई करोडका दरले फिरौती लिने र पछि भागबन्डा गर्ने सहमति अपहरणकारीले बनाएका थिए ।
केसीका अनुसार अपहरणकारीले आफूहरू किरात वर्कर्स पार्टीसम्बद्ध बताएका थिए । पार्टीको नीतिअनुरूप अपहरण गरेको भन्दै उनीहरूले रकम नदिए मारिदिने धम्कीसमेत दिएको केसीले बताए । दिउँसो साढे १ बजे अपहरणको खबर पाएपछि प्रहरी नायब निरीक्षक कृष्ण सेढाईंको नेतृत्वमा ६ जनाको टोली सादा पोसाकमा चितवनबाट कावासोती गएको थियो । प्रनानि सेढाईंले भने, 'कावासोती बजारमा टेलिफोन गरिरहेका अपहरणकारीलाई शंका लागेर समातेपछि सबै पोल खुलेको हो ।' कँडेल पक्राउ परेको जानकारी पाएपछि अन्य अपहरणकारी केसीलाई कावासोती जंगलमा हात बाँधी छाडेर भागेका थिए ।
Wednesday, May 4, 2011
डिस्टिङ्सन् !
काठमाडौं, १८ असार
आइतबार एलएलसी रिजल्ट आउँदा तीन लाख ८८ हजार विद्यार्थी अभिभावकसँगै बसेर रिजल्ट सुन्न ब्यग्र थिए, एउटी किशोरी हिरासतमा । सानोतिनो मुद्दामा होइन, आफ्नै उमेरकी किशोरी ख्याति श्रेष्ठको अपहरण, बलात्कार र हत्याको मतियारको रूपमा पक्राउ परेकी मेरिना शाक्यका साथीहरूले खबर सुनाए, 'तिमी ८६.८७ प्रतिशतका साथ डिक्स्टिङ्सनमा पास भएकी छौ ।'
विद्यालयमा उनको प्रतिभा देखेर नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य चयन गरेको थियो ।
प्रहरी स्रोतका अनुसार एसएलसीको रिजल्ट आएको समाचार सार्वजनिक भएदेखि नै मेरिना शाक्य हिरासतभित्र छटपटाइरहेकी थिइन् । तर, सोमबार बिहान साथी र परिवारका सदस्यले उनको रिजल्ट सुनाए, 'उनी खुसीले बुर्लुक्क उफ्रिइन् ।'
०३२३४२८ एन सिम्बोल नम्बरकी मेरिना आठ सय पूर्णांकमा ६ सय ९५ ल्याएर उत्तीर्ण भएकी छिन् । उनले कम्प्युटर र ऐच्छिक गणितमा सबैभन्दा धेरै ९६ नम्बर ल्याएकी छिन् । सबैभन्दा कम नम्बर अनिवार्य नेपालीमा आएको छ- ७२ । उनले अनिवार्य अंग्रेजीमा ८९, गणितमा ८४, विज्ञानमा ८८, सामाजिक शिक्षामा ८१, स्वास्थ्य र वातावरणमा ८९ ल्याएकी छिन् ।
मेरिना जो गम्भीर अपराधकी मतियार बनिन्, विद्यालयमा उनको प्रतिभा देखेर नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य चयन गरेको थियो । तर, ओबामाको भाषण सुनेर विश्लेषण गर्नुअगाडि नै उनी पक्राउ परिन् ।
१९ वर्षीया ख्याति श्रेष्ठको अपहरण र हत्यामा मतियार बनेको अभियोगमा ६ असारदेखि उनी प्रहरी हिरासतमा छिन् । एभिएम विद्यालयबाट एसएलसी दिएर बि्रजकोर्स गर्दागर्दै आफ्नै शिक्षक वीरेन श्रेष्ठसँग मिलेर पुतलीसडकबाट खुसिबु टाउनप्लानिङसम्म ख्यातिलाई ल्याउन उनले सहयोग गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।
वीरेन उनी अध्यनरत एभिएम विद्यालयका विज्ञान शिक्षक थिए । मेरिनाले २२ जेठमा ख्यातिलाई एक पत्रिकामा अन्तर्वार्ताका लागि भनेर बोलाएर झुक्याउँदै वीरेनको खुसिबुमा रहेको कोठामा पुर्याएकी थिइन् जहाँ वीरेनले ख्यातिको हत्या गरेका थिए ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा रहेकी मेरिनाको प्रतिभा देखेर प्रहरी अधिकृतहरूसमेत छक्क छन् । मेरिनाको बारेका महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालको निष्कर्ष छ, 'दियर इज नो दाउट, सी इज भेरी ट्यालेन्टेड एन्ड भेरी क्लेभर ।' प्रतिभावान भए पनि अपराधमा लाग्दा उनी कमसेकम पाँच वर्ष जेल पर्ने छिन् । प्रहरीले उनीमाथि अपहरण र हत्याको मतियारको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
मेरिना मुख्य सहयोगी
अनुसन्धानको प्रारम्भमा ख्यातिको अपहरण र हत्याका अभियुक्त वीरेन श्रेष्ठले १६ वर्षीया मेरिनालाई ख्यातिको अपहरणका लागि सहयोगीको रूपमा उपयोग गरेका थिए । मेरिना ख्यातिको अपहरण, हत्या र उनको लास व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ । अनुसन्धानमा संलग्न प्रहरी मेरिना जस्तो देखिन्छिन्, उनले त्यो भन्दा खतरनाक भूमिका खेलेको निष्कर्षमा पुगेका छन् ।
कक्षा नौदेखि नै वीरेन र मेरिना निकट रहेकाले वीरेनले धम्क्याएर उनलाई अपराधमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुमान थियो । प्रारम्भिक बयानमा मेरिनाले पुतलीसडकबाट ट्याक्सीमा हालेर ख्यातिलाई खुसिबु टाउन प्लानिङमा रहेको वीरेनको कोठामा पुर्याएर आफू फर्किएको दाबी गरेकी थिइन् । प्रहरीले मेरिनाको उमेर हेरेर उनी परिबन्दमा परेर अपराधमा संलग्न रहेको निष्कर्ष निकालको थियो । जब प्रहरीले वीरेनले ख्यातिको परिवारसँग लिएको फिरौती रकममध्ये तीन लाख ५० हजार उनको कोठामा भेट्यो तब मेरिनामाथि थप अनुसन्धान भएको थियो ।
वीरेनले पटकैपिच्छे बयान फेरेर प्रहरीलाई हैरान बनाए पनि पछिल्लो चरणमा मेरिना र वीरेनको बयान समान भएकाले प्रहरीले पछिल्लो बयानलाई बढी विश्वसनीय मानेको छ ।
अनुसन्धानबाट २३ जेठ बिहान १० बजेदेखि ११ बजेभित्र ख्यातिको मृत्यु भएको खुलेको छ । प्रारम्भमा उनको मृत्यु एनेस्थेसियाको अत्यधिक प्रयोगबाट भएको प्रहरीको दाबी थियो । प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले समेत ख्यातिको मृत्यु बेहोस बनाउन प्रयोग गरिने एनेस्थेसियाको अत्यधिक प्रयोगबाट भएको दाबी गरेका थिए ।
तर, पछिल्लो सोधपुछबाट वीरेनले ख्यातिलाई कफी र स्लाइसमा निद्रा लगाउन प्रयोग गरिने एनजिट नामक औषधि ख्याएर लठ्ठ बनाएपछि टाउकोमा फलामे रडले हानेर हत्या गरेको रहस्य खुलेको छ । स्रोतका अनुसार स्लाइस पिएको केही समयपछि ख्यातिले निद्रा लाग्यो भनेपछि वीरेनले कोठामा रहेको सानो खाटमा सुत्न भनेका थिए ।
औषधिको असरले लठ्ठिएर ख्याति खाटमा सुतेपछि वीरेनले उनको हातखुट्टा बाँधेर मुखमा टेप लगाउने प्रयास गर्दा उनी कराउन थालिन् । ख्याति कराउन थालेपछि आत्तिएका वीरेनले टेबलमा रहेको फलामको रड निकालेर टाउकोमा हानेका थिए ।
रडले हान्दा पनि ख्याति कराउन नछाडेपछि वीरेनले दुवै हातले घाँटी र मुखमा जोडले थिचेपछि ख्याति बेहोस भएकी थिइन् । ख्यातिको अपहरण गरेको रात मेरिना वीरेनकै कोठामा बसेकोसमेत अनुसन्धानबाट खुलेको छ ।
बिहान उठेपछि वीरेनले ख्यातिलाई झक्झक्याएर उठाउने प्रयास गरेका थिए । तर, ख्यातिले कुनै प्रतिक्रिया नै जनाइनन् । आत्तिएका वीरेनले नाक र मुखमा श्वास-प्रश्वास परीक्षण गरे । हातको नाडी र छातीमा मुटुको चाल हेरे । तर, कुनै चाल आएन । दुवैले ख्यातिको मृत्यु भएको निष्कर्ष निकाले ।
ख्यातिको मृत्यु भएपछि वीरेन उनको लास कसरी ठेगान लगाउने भन्ने योजनामा लागे । आफ्नै आँखाअगाडि हत्या भएको देखेकी मेरिनाले पटक-पटक घर जान्छु भनेपछि वीरेनले नै उनलाई मोटरसाइकलमा हालेर करिब १२ बजेतिर घरमा छोडेका थिए ।
भोलिपल्ट २३ जेठ बेलुका पनि मेरिना वीरेनको कोठामा गएकी थिइन् । दुवै मिलेर ख्यातिको लास तह लगाउने प्रयास गरेका थिए । मेरिनासँग बेडरुमबाट तन्ना मगाएर वीरेनले लास बाँध्नु अगाडि कतै सास चलिरहेको छ कि भनेर पुनः जाँचेका थिए ।

Subscribe to:
Posts (Atom)